प्रेस चौतारीको स्थापना दिवस: अनाथ बालबालिकालाई राहत सामाग्री वितरण
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा शिवराज नगरपालिका ५ मा रहेका अनाथ बालबालिकालाई राहत सामाग्री वितरण गरिएको छ। प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीको अध्यक्षतामा आयोजित राहत सामाग्री वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरूलाई सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए।यस्तो मानव सेवा कार्यमा सबै जना लाग्नुपर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अधिकारीले जोड दिए । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रदान गरेका थिए । नेकपा एमाले जिल्ला कमिटी सचिव सि वि…
