दुई करोडको लगानीमा स्पोर्टस चप्पल उद्योग

दुई करोडको लगानीमा स्पोर्टस चप्पल उद्योग

कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियामा स्पोर्टस चप्पल निर्माण गर्ने उद्योग सञ्चालनमा आएको छ । दुई करोडको लागतमा प्लास्टिक र रबरको दाना तताएर चप्पल निर्माण गर्ने उद्योग निर्माण भएको सञ्चालक दयाराम आचार्यले बताउनु भयो । भारतबाट चप्पल आयात गरी बेच्दै आएका आचार्य सहित ३ जनाको लगानीमा उद्योग सञ्चालन गरिएको छ ।आयात गर्दाको सास्ती, मूल्य तथा गुणस्तरमा बेला बेला समस्या भए पछि उद्योग खोल्ने सोच आएको आचार्यले बताउनु भयो । आयात गर्नु भन्दा स्वदेशमा उत्पादन गर्दा सस्तो पर्ने र चाहे जस्तो गुणस्तर निर्माण गर्न सकिने भए पछि स्थानीय स्तरमा उद्योग सञ्चालन गरेको बताइएको छ । मुन स्टार फुटवेयर प्रा.लि.को नाममा दर्ता…
Read More
‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरलाई छोटो समयमा नै डेढ करोड भ्युज,भोलिसम्ममा कति पुग्ला ?

‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरलाई छोटो समयमा नै डेढ करोड भ्युज,भोलिसम्ममा कति पुग्ला ?

एजेन्सी : बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफको एक साथ अभिनय गरेको फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरको चर्चा चुलिएको छ। बलिउडमा ‘एक्सन स्टार’को रुपमा चिनिएका अक्षकका साथ श्राफको अभिनयले दर्शकमाझ कौतुहलमा जगाएको अनुमान लगाउन थालिएको छ। पहिलोपटक एकसाथ काम गरेका दुवै एक्सन अवतारमा प्रस्तुत भएका छन्। मंगलबार सार्वजनिक भएको ट्रेलरमा आतंककारीबाट देश (भारत)लाई बचाउन उनीहरुले लडाइँ लडेको देख्न सकिन्छ। ट्रेलर रिलिज भएको एक दिनमा नै एक करोड त्रिपन्न लाख भन्दा बढि भ्युज भइसकेको छ भने कमेन्ट ३७ हजार कटेको छ। ‘एक्सन सिक्वेन्स’ ट्रेलरमा सानदार देखिन्छ । यो फिल्ममा अक्षय र टाइगर दुवै आर्मी पृष्ठभूमिका रहेकोछन् । यसमा यि…
Read More
दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट

दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट

सुशील गैरे कपिलवस्तु, रात्रिकालिन समयमा छाडा चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि कपिलवस्तुका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बुद्धभूमि जेसिसले पुर्व पच्चिम राजमार्गका छाडा चौपायालाई रेडियम बेल्ट लगाइदिएको छ  । पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चापलगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । सडक दुर्घटना छाडा चौपायका दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले बुद्धभूमि जेसिसले चौपायालाई रेडियम बेल्ट लगाउने अभियान चलायको छ। चौपायाको घाँटीमा लगाइने उक्त रेडियम बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको थाहा हुने…
Read More
तराई देखिन छाडे इजिप्सियन (सेतो) गिद्धका गुँड

तराई देखिन छाडे इजिप्सियन (सेतो) गिद्धका गुँड

जानु पाण्डेकपिलवस्तु फागुन २३ गते । तराईका वन क्षेत्रमा इजिप्सियन (सेतो) गिद्धको गुँड नदेखिँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । गिद्धको सानो प्रजाति सेतो गिद्धको गुँड पछिल्ला दुई तिन वर्ष यता तराई क्षेत्रमा नदेखिँदा अध्ययन अनुसन्धानमा जोड दिनु पर्ने गिद्ध अनुसन्धानकर्ता तथा पन्छी विज्ञ कृष्ण भुसालले बताउनु भयो ।नेपालमा पोखरा र तनहुँ क्षेत्र सेतो गिद्धको प्रमुख बास स्थान हो । नवलपरासी, रुपन्देही, दाङ र कैलाली जिल्लामा यसले गुँड लगाएर बच्चा कोरलेको अभिलेख रहको थियो । तर पछिल्लो तिन वर्ष यता सेतो गिद्धको गुँड नदेखिएको गिद्धको गुँड अवलोकनकर्ता तथा नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड वायोलोजिस्ट दिलीप चन्द ठकुरीले बताउनु हुन्छ ।नेपालमा…
Read More
//uplcm.com/4/6824010