पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पाँचौँ बुद्धभूमि महोत्सव अन्तर्गत पहिलो मम्मी डान्स आइडियल प्रतियोगितामा रन्जिता खनाल विजेता बन्न सफल भएकी छन्। फस्ट रनरअपमा गीता कार्की, सेकेन्ड रनरअपमा कल्पना क्षेत्री र सान्त्वना उपाधिमा गंगा पौडेल घोषित भए। विजेताले ५० हजार रुपैयाँ, फस्ट रनरअपले २५ हजार रुपैयाँ र सेकेन्ड रनरअपले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रथम पुरस्कार आदर्श बोर्डिङ स्कुल, दोस्रो पुरस्कार मेलाको फिल्ड व्यवस्थापक अर्जुन क्षेत्री, र ट्रफी जनसेवा स्टेशनरी स्टोर ले सौजन्य गरेको थियो। पुरस्कृत प्रतिभाहरूलाई सम्मान गर्दै आयोजक बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु पौडेल ले सबै विजेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
चौथो बुद्धभूमि महोत्सव मंसिर ६ देखि १७ गतेसम्म

चौथो बुद्धभूमि महोत्सव मंसिर ६ देखि १७ गतेसम्म

बुद्धभूमि उद्योग वाणिज्य सङ्घ चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको छ । महोत्सव नजिकिँदै गर्दा सघं चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको हो । चौथो बुद्धभूमि महोत्सव यही मंसिर ७  गतेदेखि १७ गतेसम्म बूद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा  हुन लागेको सङ्घका महासचिव हरिलाल अधिकारीले जानकारी दिए । सङ्घको कार्यसमिति बैठकले जिम्मेवारी समेत बाँडफाँड गरिसकेको छ । सघंका अध्यक्ष शुभलाल भुसालले जिम्मेवारी पाएका संयोजकलाई आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्न र आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् । यस पटकको महोत्सव पहिलेको महोत्सव भन्दा फरक र पृथक् हुने बताइएको छ ।