नयाँ समीकरण मुलुकलाई सही दिशा दिने कुरामा लक्षित छ : ईश्वर पोखरेल

नयाँ समीकरण मुलुकलाई सही दिशा दिने कुरामा लक्षित छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ  सत्ता समीकरणले सामाजिक सद्भाव कायम गर्ने तथा आर्थिक विकास तथा राष्ट्रिय स्वाभिमान जोगाउने बताउनुभएकाे छ ।नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई मंगलबार गाईघाटमा सम्बोधन गर्दै  पाेखरेलले नयाँ सत्ता समीकरण देशलाई नयाँ गति दिने दिशामा केन्द्रित भएकाे बताउनुभयाे ।  ‘नयाँ समीकरण मुलुकलाई सही दिशा दिने कुरामा लक्षित छ, हाम्रो योजनामा यो समीकरण बनेको हो, हामी यसलाई टिकाउन चाहन्छौँ, हामी यसलाई बचाउन चाहन्छौँ’, पोखरेलले भन्नुभयो । हिजोको गठबन्धन अस्वाभाविक गठबन्धन भएकोले भत्काउनु परेको पोखरेलले बताउनुभयो । सो गठबन्धन संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता विपरीत नीति र सिद्धान्त विहीन भएको उहाँले दाबी गर्नुभयो । सो…