अब मधेस सरकारकाे नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारकाे नेतृत्व अब नेकपा एमालेले गर्ने बताउनुभएकाे छ । बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताउनुभयो । मधेस प्रदेश सरकारको नेतृत्व लिएर एमालले कसरी विकास गर्छ भन्ने कुरा देखाउन चाहेको पोखरेलले धारणा राख्नुभयो । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयाे। तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक नेकपा एमालेकै पालामा बनेको स्पष्ट पार्नुभयो । नेपाली जनता र मधेसका जनताको हितको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका…
