जंगली च्याउ खादा विरामी

जंगली च्याउ खादा विरामी

दमौली । तनहुँको व्यास नगरपालिकामा जंगली च्याउ खाएर एकै घर परिवारका तीन जना विरामी परेका छन् । व्यास ५ चिन्तुटारका सुकबहादुर तामाङ, मिन माया तामाङ र थमन तामाङ विरामी च्याउ खाएर विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उनीहरुलाई दमौली अस्पतालमा ल्याएर उपचार गरिएपनि विरामी मध्येका सुकबहादुरलाई थप उपचारका लागि पोखरा लगिएको छ । विहीबार विहान खानासँगै जंगली च्याउ पकाएर खादा भएको घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
Read More
तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

काठमाडौँ । नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् । पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरूले सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्नुपरेको गुनासो गरे । सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनी सास्ती भोग्नुपरेको छ । तातोपानी…
Read More

अव्यवस्थित बसोबासको समस्या हल नहुँदा सम्पन्न भएन वागमती करिडोर

काठमाडौं।निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए । बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । उनले भने, “तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन ।” अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण…
Read More
मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको मङ्गलबार आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको हो । उनले लामो समय विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्‍याएको बताए । गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उनको कामसँग सम्बन्धित थियो वा उनको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयलाई सास्ती

गोरखा- ठेक्का लागेको बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य छन् । बारपाकदेखि गुप्सीपाखास्थित लाप्राक नयाँ बस्तीसम्मको १३.१४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ जेठ ९ मा ठेक्का लागेको थियो । गत जेठ २२ भित्र निर्माण सक्ने गरी ठेक्का लागेको सडकको हालसम्म ४८ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति छ । समयमै ठेकेदारले काम सम्पन्न नगरेपछि आगामी जेठसम्म म्याद थप भएको छ । ठेक्का लागेको सडकमा स्तरोन्नतिले गति नलिएपछि वडा कार्यालय र स्थानीयले पटकपटक सरोकारवाला निकायलाई खबरदारी गरेका छन् । सडक स्तरोन्नति नहुँदा आगामी बर्खाको बेला पनि आउजाउमा सकस थपिने धार्चे गाउँपालिका-४ का अध्यक्ष किसान गुरुङ बताउछन् ।…
Read More
वनभोज खान गएका दुई युवतीको डुबेर मृत्यु

वनभोज खान गएका दुई युवतीको डुबेर मृत्यु

बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बालबच्चालाई किन धेरै रिस उठ्छ ?

काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि भइहाल्छन् । बालबच्चामा वयस्कको तुलनामा संवेग पनि सजिलै देखिन्छ । बच्चालाई आफ्नो भावना कसरी अभिव्यक्त गर्ने भनेर थाहा हुँदैन, जसकारण उनीहरुले आफ्नो कुरा राम्रोसँग बुझाउन सक्दैनन् । त्यसैले उनीहरु कि रिसाउँछन्, कि त रुन थाल्छन् । बालबालिकामा संवेगहरूको विकास दुईदेखि ६ वर्षको उमेरमा हुन्छ । तर जसरी वयस्कहरूमा संवेगलाई नियन्त्रण गर्ने क्षमता हुन्छ, त्यो बच्चामा हुँदैन । त्यसैले बच्चाहरू छिटो रिसाउने झर्किने गर्छन् । साथै बच्चामा संवेगको समय पनि छिटो छिटो…

//omg10.com/4/6824010