पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी बनाएर लाभ लिएको कसुरमा देशका उच्च कर्मचारी तथा नेताहरु दोषी देखिएका छन् । प्रहरीले यो प्रकरणमा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपा ९एमाले० का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो। रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्। उनले आफू अर्घाखाँचीमा रहेको र पक्राउ पुर्जीबारे थाहा नभएको बताएका छन्। यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता…
घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोला नजिकै घरमा मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको छ । ट्रकलेघरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ना४ख १९७३ नम्बरको ट्रकले विद्यार्थीहरू बसेको घरमा गएर ठक्कर दिएको थियो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल घाइते भएका छन् । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तनहुँ प्रहरीले…
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only