लामो समय बाडुली लाग्दा के गर्ने ?
‘कस्तो बाडुली लाग्यो, कसैले सम्झियो कि क्या हो ।’ यसको भनाइ हरकोहीको सुनिन्छ । बाडुली लागेपछि रोक्नका लागि धेरै जुक्ति लगाइन्छ । कोही पानी पिएर ठीक पार्न खोज्छन् त कोही अन्य उपाय अपनाउन थाल्छन् कसैलाई बाडुली लागेपछि केही छिनमा रोकिन्छ भने कसैलाई अलि लामै समय लागिरहन्छ । बाडुली नरोकिंदा कतिपय ठाउँमा असहज महसुस पनि हुन्छ । बाडुली किन आउँछ ? हाम्रो पाचन वा श्वासप्रश्वास प्रणालीमा गडबडी र अत्यधिक हलचल भएमा बाडुली लाग्न थाल्छ । पेट र फोक्सोको बीचमा रहेको डायाफ्राम अर्थात् करङको मांसपेशी खुम्चिएर फोक्सोले छिटो हावा तान्न थाल्छ, जसकारण व्यक्तिलाई बाडुली लाग्न थाल्छ । त्यस्तै, घाँटीमा खसखस जस्ता कारणले…
