वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका २ रुमादीका ७५ बर्षीय शिवकुमार श्रेष्ठको घरको ताला फोडेर भाँडा चार्ने ब्यास ५ का समिर थापा र म्याग्दे १ का दुर्गाबहादुर विकले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुले म्याग्दे १ का ६९ बर्षीय बृद्धलाई समेत कुटपिट गरेर नगद ४६ हजार ६० रुपैया लुटेका थिए । चोर युवाहरुको कुटपिटमा समेत परेका वृद्ध लक्ष्मण तामाङलाई उनीहले धारिलो हतियार देखाएर मार्ने धम्की दिएका थिए । प्रहरी निरिक्षक राजकुमार…
शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका छन् । सांसद भण्डारी उनिहरुको पिडमा मलम लगाउन उनी बिहीबार भुजेल गाउँमा पुगेका थिए । गत वैशाख २० गते बिहान ९।३० बजेको समयमा बन्दिपुर ५ को याम्पा आँधिखोलामा विद्यालय जानका लागि स्कूल बसको प्रतिक्षामा रहेका बालबालिका र आफ्नै घर छेउमा बसी रहेका ८ जनालाई ट्रकले ठक्कर दिँदा वर्ष ६९ का सनबहादुर भुजेल, सुनमायाँ भभुजेलका श्रीमान् ४७ वर्षिय चेतबहादुर घर्ती र झलक भुजेलका छोरा वर्ष १२ का आयुष भुजेलको अस्पताल लैजाँदै…
भिरबाट खसेर गुरुङको मृत्यु

भिरबाट खसेर गुरुङको मृत्यु

दमौली ।  तनहुँको व्यास नगरपालिका–९, गजौडेका बर्ष ५९ को सुरेश कुमार गुरुङको भिरबाट लडेर ज्यान गएको छ । गत बैशाख १७ गते विहान घाँस काट्न भनी हिडेका गुरुङ घर नफर्किएपछि परिवारले हराएको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत गुरुङ फेला परेका थिएनन् । अन्ततः खोज्दै जाँदा गुरुङ गएको विहीबार बिहान ७ः३० बजे गजौडेस्थित सुदेखोला सात बिसे सामुदायिक वनमा १११ फिट तल भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक राजकुमार वि.कले जानकारी दिए । उनका अनुसार घट्नाबारे अनुसन्धान भइरहेको छ ।
गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा भिमाद नगरपालिकाको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । गाउँका बहुसंख्यक मानिसहरु स्वास्थ्य समस्या हुदाँ समेत सहजरुपमा अस्पतालको पहुँचमा नपुग्ने, समस्या लुकाएर राख्ने गर्दा ग्रामिण बस्तीका नागरिकको स्वास्थ्य जोखिममा परिरहेकाले गाउँमा शिविर सञ्चालन गर्न लागेको सोसाईटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका–…
तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उनले बताए। एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उनले बताए। पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको…
आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् । राममायाको श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताउनुभयो । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ । विकले वेपत्ता परिवारको खेजी गरिदिन अपिल गर्नु भएको छ । आफ्ना लगायत सबै तिर खोजी…
गञ्जागोल तार, कुरुप बन्दै बजार

गञ्जागोल तार, कुरुप बन्दै बजार

अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ । गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो…
तनहुँ योग साधनामय बन्दै

तनहुँ योग साधनामय बन्दै

अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए । धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए । योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा…
घिस्रनु पर्दैन अब रामबहादुरलाई….

घिस्रनु पर्दैन अब रामबहादुरलाई….

अशोक विश्वकर्मा /दुलेगौंडा । आठ बर्ष अघि आफैले काटेको रुखमा च्यापिएर दुवै खुट्टा गुमाएका रामबहादुर विकले ह्विल चियर पाउनुभएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले उहाँको कष्टकर अवस्थालाई सहज बनाउन ह्विल चियर प्रदान गरेपछि विकलाई राहत मिलेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि ह्विल चियरको अभावमा चार पाउले हिड्न बाध्य विकले सहयोग पाएपछि जीवनमा साहारा मिलेको भन्दै खुशी ब्यक्त गर्नुभयो । चार पाउ टेकेर बजार डुल्दै गर्दा विकले ह्लिव चेयरको आवश्यकता रहेको तनहुँ खबरलाई बताउनुभएको थियो । उहाँको समस्याबारे तनहुँ खबरले क्लवका अध्यक्ष विष्णु रानालाई जानकारी दिएपछि सहयोगको व्यवस्था मिलेको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका १० का…
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only