शुक्लागण्डकी : शिक्षक सरुवाको मुद्दा उच्च अदालतमा

शुक्लागण्डकी : शिक्षक सरुवाको मुद्दा उच्च अदालतमा

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको कार्यपालिकाले शिक्षक सरुवा गर्ने निर्णय गरेपछि सरुवा हुन नचाहेका शिक्षकहरुले उच्च अदालत पोखरामा बदरको माग सहित दायर मुद्दाको मंगलबार सुनुवाई हुने भएको छ । नगपालिकाले शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन र सेवा क्षेत्र अपायक पर्ने शिक्षकहरुको माग अनुसार गत बैशाख १५ गते ५० शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो । नगरपालिकाको निर्णय नमान्ने भन्दै सरुवा भएका मध्येका २० शिक्षकले मुद्दा दायर गरेपछि अदालतले कारण देखाउ आदेश दिएको छ । भोली मंगलबार नगरपालिकाका तर्फबाट सरुवा गर्नुको कारण देखाई अन्तरिम आदेश प्राप्त भए नगरपालिकाको निर्णय कार्यन्वयन हुन्छ भने अन्तरिम आदेश प्राप्त नभए मुद्दाको अन्तिम फैसला नआउदाँसम्म शिक्षक सरुवाको…
Read More
बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन केन्द्र काठमाण्डौंको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा तनहुँ,गोरखा,लमजुङ्ग जिल्लाका सामुदायिक उपभोक्ता महासंघ,आदिबासी जनजाति महासंघ,स्थानीय तहका जनप्रतिनिधी,डिभिजन बन कार्यालय,भूसंरक्षण कार्यालय र दलित समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव बिशाल घिमिरेले छनोट भएका गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका पालिकाभित्र हरित ग्याँस उत्सर्जन न्यूनिकरणमा जोड दिनुपर्ने बताउनुभयो । बन बिनास र…
Read More
सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ । तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि युवा अभियान’लाई प्रदान गरिएको सुचना गलत भएको दावि गरे । उनले कार्यालयको प्राविधिक गल्तिका कारण गलत जानकारी गएको र सोही विषय भाईरल भएको जानकारी दिए । लम्सालका अनुसार नगरपालिकामा बैशाख मसान्तसम्म १२ हजार नौ सय पचपन्न लिटर पेट्रोल र २६ हजार आठ सय सन्ताउन्न लिटर…
Read More
सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ । तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि युवा अभियान’लाई प्रदान गरिएको सुचना गलत भएको दावि गरे । उनले कार्यालयको प्राविधिक गल्तिका कारण गलत जानकारी गएको र सोही विषय भाईरल भएको जानकारी दिए । लम्सालका अनुसार नगरपालिकामा बैशाख मसान्तसम्म १२ हजार नौ सय पचपन्न लिटर पेट्रोल र २६ हजार आठ सय सन्ताउन्न लिटर…
Read More
‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको…
Read More

तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उनले बताए। एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उनले बताए। पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको…
Read More
ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

दमौली । नेपाल टेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्नु भएको थियो । अध्यक्षमा केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी मध्ये सर्व सम्मत चयन गर्न गठित समितिले केसीलाई चयन गरेको हो । नव गठित समितिको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवाक्षेत्र तर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पशुपति…
Read More
गञ्जागोल तार, कुरुप बन्दै बजार

गञ्जागोल तार, कुरुप बन्दै बजार

अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ । गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो…
Read More
तनहुँ योग साधनामय बन्दै

तनहुँ योग साधनामय बन्दै

अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए । धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए । योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा…
Read More

घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोला नजिकै घरमा मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको छ । ट्रकलेघरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ना४ख १९७३ नम्बरको ट्रकले विद्यार्थीहरू बसेको घरमा गएर ठक्कर दिएको थियो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल घाइते भएका छन् । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तनहुँ प्रहरीले…
Read More
//uplcm.com/4/6824010