गञ्जागोल तार, कुरुप बन्दै बजार
अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ । गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो…
