‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’
सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको…
