बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

म्याग्दी । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ । गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन्…
कसरी भाइरल भइरहेछ अन्धविश्वास ?

कसरी भाइरल भइरहेछ अन्धविश्वास ?

देश जहाँ उपचारका लागि सरकारी अस्पतालको पर्याप्त पूर्वाधार छैन । भएका सरकारी अस्पतालमा पनि डाक्टर, नर्स र औषधि छैन । बाध्य भएर निजी अस्पताल जाँदा जायजेथा गुमाउनुपर्छ तर गुणस्तरीय उपचारको प्रत्याभूति हुँदैन । एकातिर शिक्षा र सामाजिक चेतनाको अभाव, अर्कोतिर निजी अस्पतालका आँगनमा पाइला राख्दै लुगलुग काम्नुपर्ने अवस्था । त्यस्तो देशमा धामीझाँक्री, झारफुक र कथित अलौकिक शक्ति’ को भ्रमको व्यापार हुनु धेरै अनौठो होइन । तर, डरलाग्दो के भने यस्तो भ्रममा परेर नागरिकले ज्यान गुमाइरहेका छन्, कति थप स्वास्थ्य जटिलताले पीडित छन् । कारण शिक्षा र चेतना हो, कारण कमजोर आर्थिक अवस्था र महँगो स्वास्थ्य सेवा पनि हो । अन्धविश्वास कतिसम्म गहिरो छ भने अस्पतालको आकस्मिक कक्षबाट…
विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् । नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने निवर्तमान उपमेयर सविता सराईलीको नेतृत्वमा पाँच सदस्य विधान तथा मस्यौदा लेखन समित गठन गरिएको छ । समितीको सदस्यहरुमा दुर्गा बराईली, पोषबहादुर विश्वकर्मा, मिनबहादुर सुनार, ज्योति वि .क, मिनबहादुर सुर्वाणकार, खिम बहादुर बि.क, गणेश लामगादे, डिलबहादुर रामदाम, नरबहादुर बि.क, रविलाल विश्वकर्मा, मनोज सुनार र पुर्णबहादुर सुनार रहेका छन् । यस्तै विधान…

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो ।साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ । परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए ।उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै…
सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । बुढामगरले…
भिमाद एफएमको अध्यक्ष बने मिलन

भिमाद एफएमको अध्यक्ष बने मिलन

भिमाद । भिमाद र आसपासको क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन स्थापना गरिएको भिमाद एफएमको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको भिमाद एफएम प्रा.लिको दोस्रो अधिवेशन मार्फत युवा नेता तथा अधिवक्ता मिलन आलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा ध्रुवराज सुवेदी, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा शालिकराम सुनार, कोषाध्यक्षमा सुजन राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा गोपाल पराजुली, राजेश खनाल, अरविन श्रेष्ठ, गणेशप्रसाद गैरे , सरोज गौतम, बेलमाया आले , शारदा गैरे, शुकुमाया राना चयन भएका छन् । उक्त अधिवेशनलाई सम्वोधन गर्दै एफएमका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले…
भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

दुलेगौंडा । देशमा भुटानी शरणार्थी प्रकरणले चर्चा पाई रहदाँ नागरिक स्तरमा भने चासो बढेको देखिन्छ । भ्रष्टचारको विरोध गर्न अहिले तनहुँमा नागरिक समाजदेखि राजनितिक दल र भातृ संस्थाहरु सक्रिय बनेका छन् । विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न स्थानमा भ्रष्टचार विरुद्धको आन्दोलन तथा विरोध कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । शनिबार शुक्लागण्डकी नागरिक समाजले अगुवाई गरि विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष खेमराज खनालले भ्रष्टचारको अन्य फाईलहरु समेत खोलिनुपर्ने र मिलेमतो गरि लुकाईएको प्रकरणहरुलाई अनुसन्धान गर्नुपर्ने बताए । उनले केन्द्रदेखि स्थानीय तहसम्ममा बेतिथीको विरोध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यहाँका विभिन्न राजनितीज्ञ, ब्यवसायी, पत्रकार, शिक्षक लगायत सहभागि…
लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

दमौली । तनहुँ प्रहरीले कास्की जिल्लाको रुपा गाउँपालिका ६ का अन्तिम गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ । पोखरा तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा गुरुङले लुकाएर ल्याउदै गरेको अवस्थामा फेरेनागम ४० एम्पुल, नुफिन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल बरामद गरिएको हो । काठमाण्डौँबाट ग २ ख ३९६१ को माईक्रो बसमाबाट पक्राउ परेका चिसापानीका गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।