शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्ष पीडितलाई विश्वास समेत दिलाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनः स्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का नेता ओमविक्रम भाटले जानकारी दिए । सो अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता र आरक्षपीडितको…
सुख्खा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तीन नम्बर पुलको माथिबाट सुख्खा पहिरो झर्दा बाटो अवरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले सुख्खा पहिरोसँगै ठूलो ढुङ्गा खस्न लागेकोले बाटो दुईतर्फी नै बन्द गरिएको जानकारी दिनुभयो । “सुख्खा पहिरो पनि खसेको छ, माथि ठूलो ढुङ्गा अड्केकोले ढुङ्गा खसेपछि बाटो खुल्छ ।”, उहाँले भन्नुभयो । हाल प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गई सडक विभागसँग समन्वय गरेर लोडरले पहिरो पन्छाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

मुगुको खाद्य डिपोमा चामल अभाव

मुगुको खाद्य डिपोमा चामल अभाव

खाद्य डिपोमा चामल अभाव मुगु । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । ‘गमगढीस्थित खाद्यव्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्र्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेबित्तिकै स्थानीयले चामल लैजान्छन् । गोदाममा चामल जगेडा रहँदैन, गमगढीबाट आउनेबित्तिकै बिक्री भइहाल्छ’, डिपोका कार्यालय सहायक सिंह रोकायाले भने । दिनमा ५० देखि एक सय क्विन्टल बिक्री हुँदा गमगढीबाट ढुवानी भएको चामल उपभोक्तालाई पुर्‍याउँनै धौधौ हुने गरेको उनको भनाइ छ । ‘डिपोमा दुई बोरा चामल लिन आएका स्थानीयले एक बोरासमेत नपाउने अवस्था छ’, रोकायाले…

पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु

पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु

पश्चिम मेदिनीपुर । पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन् । पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सरकारी नीति- नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले…
सप्तरीमा युवकको बीभत्स हत्या

सप्तरीमा युवकको बीभत्स हत्या

जनकपुरधाम । सप्तरीमा एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव खेतमा भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा सोमबार बिहान युवकको शव भेटिएको हो । धारिलो हतियार प्रहार गरी अन्दाजी २५ वर्षीय युवकको हत्या गरेको स्थानीयले बताएका छन् । मृतक युवक अर्धनग्न अवस्थामा छन् । उनको खुट्टामा डोरी बाँधेर घिसारेको देखिएको छ । स्थानीयले घटनाबारे जानकारी गराएपछि नेपाल प्रहरीको टोली पुगेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लगिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले हत्या भएका युवकको पहिचान खुल्न नसकेको जानकारी दिए । उनले घटना विषयमा थप अनुसन्धान गरिरहेको बताए ।
हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ ।  कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ । ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले नै खुला क्यानभासमा चित्र देख्न सक्छन् । जब उनले कुची र रंगहरुले क्यानभासमा पोत्न थाल्छन्, तब त्यहाँ आकर्षक चित्र तयार हुन्छ । उखेलेर मिल्काइएको रुखको जीर्ण जरामा एउटा शिल्पकारले अद्भूत सौन्दर्य देख्छ । उनले त्यसमा रहेका अनावश्यक गाँठो र भागलाई ताछेर लोभलाग्दो हस्तकला तयार गर्छन्…
बलात्कारपछि हत्या गरी फरार २ जना १६ वर्षपछि पक्राउ

बलात्कारपछि हत्या गरी फरार २ जना १६ वर्षपछि पक्राउ

सुनसरी । १६ वर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर १६ वर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका-१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभूमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ…
छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

काभ्रे। जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ । बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका-२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए । तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । उहाँले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताउनुभयो । वडा नं २ का वडाध्यक्ष हस्तमान…