गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा भिमाद नगरपालिकाको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । गाउँका बहुसंख्यक मानिसहरु स्वास्थ्य समस्या हुदाँ समेत सहजरुपमा अस्पतालको पहुँचमा नपुग्ने, समस्या लुकाएर राख्ने गर्दा ग्रामिण बस्तीका नागरिकको स्वास्थ्य जोखिममा परिरहेकाले गाउँमा शिविर सञ्चालन गर्न लागेको सोसाईटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका–…
‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको…
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।
‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

गायक पेम्बा लामाको स्वरमा 'बैमानी' बोलको गीत सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। उदय सागरको शब्द रहेको गीतमा दिपक विश्वकर्माले संगीत भरेका हुन्। केशवराज भट्टले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता पुष्प खड्का र कविता नेपालीलाई देख्न सकिन्छ। कोरियामा बसिरहेका पेम्बाको यो पहिलो गीत हो। ‘यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु। एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन,’ उनले भने। बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। भिडियो : https://www.youtube.com/watch?v=3TZHyPi7DH4&t=1s
बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी  विवाह वन्धनमा बाँधिएकी छन् । तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा पाएकी छन् । अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् ।  विवाहमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु उपस्थित छन् । अस्मिता र गोदार चितवनको एउटा दोहोरी साँझमा सँगै काम गर्थे । त्यहीँबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । अस्मिता एकाएक लाइभ दोहोरीमा हिट…
शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ । रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ । अब यो फिल्म अगस्ट २५ अर्थात् भदौ ८ गते प्रदर्शनमा आउनेछ । भीएफएक्सका कारण फिल्ममा ढिलाइ भएको जनाइएको छ । शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक पर्खाइ छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण…
अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। यो फिल्म अष्ट्रेलियामा यही वैशाख २८ गतेबाट प्रदर्शन हुने भएको छ। नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले ‘प्रसाद २’को अष्ट्रेलिया प्रदर्शन गर्न लागेका हुन्। यी दुई कम्पनीले यसअघि फिल्म ‘प्रेमगीत ३’पनि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरेका थिए। ‘प्रसाद २’ले अष्ट्रेलियाका स्थानीय हलहरुमा उच्च शो पाएको बताइएको छ। सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ। पहिलो साता शो संख्या १०० पुग्ने वितरकद्वय देव कार्की र रञ्जित वन्तले जानकारी दिए। अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा ‘प्रसाद २’…
गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

पोखरा। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो । “लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । उक्त सेवालाई…
तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उनले बताए। एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उनले बताए। पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको…
न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

काठमाडौं । पाहुना टोली न्युजिल्यान्डलाई चौथो एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० खेलमा घरेलु टोलीले सानदार रुपमा हराएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै घरेलु टोली आईसीसीको ओडिआई वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियालाई पछि पार्दै पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ । नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । भारत तेस्रो,इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन्। नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।