हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’
एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ । कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ । ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले नै खुला क्यानभासमा चित्र देख्न सक्छन् । जब उनले कुची र रंगहरुले क्यानभासमा पोत्न थाल्छन्, तब त्यहाँ आकर्षक चित्र तयार हुन्छ । उखेलेर मिल्काइएको रुखको जीर्ण जरामा एउटा शिल्पकारले अद्भूत सौन्दर्य देख्छ । उनले त्यसमा रहेका अनावश्यक गाँठो र भागलाई ताछेर लोभलाग्दो हस्तकला तयार गर्छन्…
