कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका हरिको भव्य स्वागत, मन्त्री किराँती पनि विमानस्थल पुगे
काठमाडौं । सगरमाथा चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमाएका मगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए । वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका हुन् । उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका थिए । मन्त्री किराँतीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने बताए । हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल…
