बालबच्चालाई किन धेरै रिस उठ्छ ?
काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि भइहाल्छन् । बालबच्चामा वयस्कको तुलनामा संवेग पनि सजिलै देखिन्छ । बच्चालाई आफ्नो भावना कसरी अभिव्यक्त गर्ने भनेर थाहा हुँदैन, जसकारण उनीहरुले आफ्नो कुरा राम्रोसँग बुझाउन सक्दैनन् । त्यसैले उनीहरु कि रिसाउँछन्, कि त रुन थाल्छन् । बालबालिकामा संवेगहरूको विकास दुईदेखि ६ वर्षको उमेरमा हुन्छ । तर जसरी वयस्कहरूमा संवेगलाई नियन्त्रण गर्ने क्षमता हुन्छ, त्यो बच्चामा हुँदैन । त्यसैले बच्चाहरू छिटो रिसाउने झर्किने गर्छन् । साथै बच्चामा संवेगको समय पनि छिटो छिटो…
